काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नव–निर्वाचित सांसदहरूका लागि मंगलबारदेखि दुईदिने अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ। ललितपुरको ग्वार्कोस्थित रोयल टुलिप होटलमा भइरहेको कार्यक्रममा पार्टीका शीर्ष नेताहरू र विभिन्न क्षेत्रका विज्ञहरूले प्रशिक्षण दिनेछन्।
कार्यक्रमको प्रारम्भ उपसभापति डोलप्रसाद अर्याल (डिपी) र स्वर्णिम वाग्लेले गर्दै नवसांसदहरूलाई अभिमुखीकरणको उद्देश्य र कार्यप्रणालीबारे जानकारी दिएका छन्। यससँगै संसदको संरचना र कार्यप्रणालीबारे पूर्वसंसद सचिव सुरेश अधिकारीले प्रस्तुति दिएका छन्।
पहिलो दिन सांसदहरूलाई समूहमा विभाजन गरी आपसी परिचय, सहकार्य क्षमता विकास र चुनावी वाचापत्रप्रति सांसदको जिम्मेवारीबारे पनि प्रशिक्षण दिइने कार्यक्रम छ। साथै कानुन निर्माण प्रक्रियामा संघीय संसदको भूमिकाबारे तोयानाथ अधिकारीले जानकारी गराउनेछन्।
दोस्रो दिन योग–ध्यानबाट सुरु हुने सत्रमा योजना तर्जुमा, बजेट निर्माण र पार्टी–संसद सम्बन्धबारे प्रशिक्षण दिइनेछ। अन्त्यमा सभापति रवि लामिछानेको निर्देशनसहित अभिमुखीकरण कार्यक्रम समापन गरिनेछ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्