काठमाडौंको हावा अझै अस्वस्थ, प्रदूषण घट्ने संकेत छैन

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन २८

काठमाडौंमा वायु प्रदूषणको स्तर अझै उच्च नै रहेको छ। बिहीबार बिहान मापन गर्दा वायु गुणस्तर सूचकांक (एक्यूआई) करिब १८५ पुगेको देखिएको छ, जसले हावा अस्वस्थ तहमा रहेको संकेत गर्छ।

स्विट्जरल्याण्डस्थित IQAir का अनुसार यो स्तर १५१–२०० को दायरामा पर्छ, जुन स्वास्थ्यका लागि हानिकारक मानिन्छ।

प्रदूषण बढ्दै गएपछि सम्बन्धित निकायले सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेका छन्। आवश्यक काम बाहेक बाहिर ननिस्कन र निस्किनै परे मास्क प्रयोग गर्न सुझाइएको छ। हाल Kathmandu विश्वका सबैभन्दा प्रदूषित सहरमध्ये छैटौँ स्थानमा रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *