काठमाडौं । सर्लाहीका चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका १५४ जनामध्ये १२४ जनाको जमानत जफत भएको छ। निर्वाचन ऐनअनुसार कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसक्ने उम्मेदवारको जमानत जफत हुने व्यवस्था छ।
क्षेत्र नं. १ मा नेपाली कांग्रेसका शम्भुलाल श्रेष्ठ बाहेक अधिकांश उम्मेदवारले आवश्यक मत नपाउँदा २८ जनाको जमानत जफत भयो। क्षेत्र नं. २ मा राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतोसहित २९ जनाले १० प्रतिशत मत कटाउन सकेनन्।
क्षेत्र नं. ३ मा ३४ मध्ये ३२ उम्मेदवारको जमानत जफत हुँदा पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठले मात्र आवश्यक मत ल्याएर जमानत जोगाए। यस्तै क्षेत्र नं. ४ मा कांग्रेसका गगनकुमार थापा र एमालेका अमनिसकुमार यादव बाहेक अन्य उम्मेदवारको जमानत जफत भएको छ।
निर्वाचन आयोगका अनुसार जफत भएको जमानत रकम राज्यकोषमा जम्मा हुने व्यवस्था छ। यस पटक विजयी उम्मेदवारले ठूलो मतान्तरले जित्दा जमानत गुमाउने उम्मेदवारको संख्या उल्लेख्य रूपमा बढेको बताइएको छ।
दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्