|
२०८२ फाल्गुन २१
काठमाडौं — प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज देशभर बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान भइरहेको छ। ७७ वटै जिल्लामा एकै चरणमा मतदान हुँदैछ।
निर्वाचनमा प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० स्थानका लागि प्रतिस्पर्धा भइरहेको छ। प्रत्यक्षतर्फ ६५ राजनीतिक दलका ३४०६ उम्मेदवार चुनावी मैदानमा छन्।
यस निर्वाचनमा करिब १ करोड ८९ लाख मतदाता सहभागी हुने अपेक्षा गरिएको छ। देशभर १०,९६७ मतदानस्थल र २३,११२ मतदान केन्द्र निर्धारण गरिएको छ।
निर्वाचन सुरक्षाका लागि करिब ३ लाख सुरक्षाकर्मी परिचालन गरिएको छ। निर्वाचन आयोगले मतदातालाई उत्साहका साथ मतदानमा सहभागी हुन आह्वान गरेको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्