रास्वापाबाट रिषि धन राईको “सोलुखुम्बु समृद्धि र विकास” प्रतिबद्धता पत्र सार्वजनिक

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन ५

सोलुखुम्बु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)का उम्मेदवार रिषि धन राईले सोलुखुम्बुका बासिन्दाका लागि समर्पित आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। यस पत्रमा स्थानीय पूर्वाधार, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, वातावरण र रोजगारी क्षेत्रमा ठोस नीतिहरू प्रस्तुत गरिएको छ।

उम्मेदवार राईले बताएअनुसार, पर्यटनबाट उठेको राजस्व समानुपातिक रूपमा सबै पालिकामा वितरण गरिनेछ र पक्की सडक सञ्जाल निर्माणमा लगानी गरिनेछ। युवा उद्यमी र कृषकलाई प्राथमिकता दिई प्रत्येक पालिकामा विशेष उत्पादन प्रवर्धन, बीमा, चिस्यान भण्डारण र ब्राण्डिङ गरिनेछ।

साथै, हाइड्रोपावर प्रोजेक्टहरुलाई सामाजिक उत्तरदायित्व पुरा गर्न उत्तरदायी बनाइने, चौरीको दुधबाट उत्पादित छर्पी, चिज, घिउको गुणस्तर वृद्धि गरि अन्तर्राष्ट्रिय बजारमा निर्यात सुनिश्चित गर्ने, र स्वास्थ्य क्षेत्रलाई सुदृढ बनाइ निशुल्क औषधी उपलब्ध गराउने योजना पनि उल्लेख गरिएको छ।

शिक्षाक्षेत्रमा प्रविधि मैत्री र व्यावहारिक शिक्षामा जोड दिइने, वातावरणीय संरक्षण र सगरमाथाको प्राकृतिक सुन्दरतामा ह्रास रोक्न “सगरमाथाको आवाज कार्यक्रम” सञ्चालन गर्ने, प्रवासी नेपालीको लगानीमा लघुउद्यम प्रवर्धन गर्ने, सञ्चार पहुँच सहज बनाउने, बनजंगल र जडीबुटी उत्पादनलाई आय आर्जनको स्रोत बनाउने, र खनिज उत्खनन तथा प्रशोधनमा जोड दिने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ।

राईले भ्रष्टाचारमा शुन्य सहनशीलता, खाद्यान्न आत्मनिर्भरता, मुख्य सडक कालोपत्रे, स्वच्छ पिउने पानी, र बाली सिँचाइको लागि पानी स्रोत व्यवस्थापनलाई पनि प्राथमिकता दिने बताए।

रास्वापाले जारी गरेको यो प्रतिबद्धता पत्रले सोलुखुम्बु समृद्धि र विकासमा स्थानीय बासिन्दा, युवा र कृषकहरूलाई केन्द्रित गर्दै ठोस नीतिहरू प्रस्तुत गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *