४२ थान हतियार प्रशासनलाई जिम्मा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन १

बागलुङ । बागलुङमा स्थानीयवासीले प्रशासनको अनुरोधअनुसार ४२ थान इजाजतप्राप्त हतियार बुझाएका छन्। जिल्ला प्रशासन कार्यालय बागलुङका अनुसार भरुवा बन्दुक र सटगनसहितका हतियार जिम्मा लगाइएको हो।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले निर्वाचनअघि सबै लाइसेन्सधारी हतियार अनिवार्य रूपमा नजिकको प्रहरी इकाइमा बुझाउन आग्रह गरे। अटेर गरे अनुमतिपत्र खारेज हुन सक्ने चेतावनीसमेत दिइएको छ।

यसअघि प्रशासनले चलाएको खोजी अभियानमा ११५ थान अवैध हतियार बरामद गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *