|
२०८२ माघ २८
काठमण्डौँ । मधेस प्रदेशको चुनावी यात्रामा रहेका रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले गृहजिल्ला महोत्तरीका चारवटै निर्वाचन क्षेत्रका उम्मेदवारलाई भेटेका छन् ।
आज बिहान बर्दिबासको एक होटलमा उनले रास्वपाबाट उम्मेदवार बनेका महोत्तरीका १, २, ३ र ४ नम्बर क्षेत्रका उम्मेदवारलाई सामूहिक रूपमा भेटेका हुन् ।
त्यसक्रममा उनले उम्मेदवारहरूसँग संक्षिप्त कुराकानी पनि गरेका छन् । बालेनको पुर्ख्यौली गाउँ महोत्तरीको एकडारा हो । अभियानको क्रममा हिजै उनी एकडारा पुगेका थिए ।
बालेन बुधबार बिहानबाट सर्लाही, रौतहट, बारा र पर्सा जिल्लाको चुनावी यात्रामा निस्केका छन्। हिजो उनी सप्तरीदेखि महोत्तरीसम्मको अभियानमा सहभागी भएका थिए ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्