काठमाडौं । निर्वाचन आयोगले निर्वाचनसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले टिकटक भिडियो प्रतियोगिता आयोजना गर्ने भएको छ। आगामी २१ फागुनमा हुने निर्वाचनलाई लक्षित गर्दै आयोगले यो प्रतियोगिता सञ्चालन गर्न लागेको हो।
प्रतियोगितामा सहभागीले निर्वाचन प्रचारप्रसार, आचारसंहिता र मतदाता शिक्षासम्बन्धी विषय समेटिएको अधिकतम एक मिनेटको भिडियो तयार गर्नुपर्नेछ। उक्त भिडियो टिकटकसँगै युट्युब र फेसबुकमा पनि सार्वजनिक गर्नुपर्नेछ।
भिडियोको लिंक फागुन ३ गतेदेखि १७ गतेभित्र आयोगको इमेल tiktok@ecn.gov.np मा पठाउनुपर्ने आयोगले जनाएको छ। प्रतियोगितामा सहभागी भिडियोमध्ये भ्युजका आधारमा उत्कृष्ट तीन भिडियो छनोट गरिनेछ।
छनोट भएका भिडियोमध्ये पहिलो हुनेले ५० हजार रुपैयाँ, दोस्रोले ३० हजार रुपैयाँ र तेस्रोले २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।
निर्वाचन आयोगले डिजिटल माध्यममार्फत मतदातालाई सचेत गराउने उद्देश्यले यस्तो प्रतियोगिता आयोजना गरिएको जनाएको
छ।



दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्