|
२०८२ माघ २४
काठमाडौं— फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मतदानभन्दा ७२ घण्टा अघि भारत र चीनतर्फका सीमा नाका बन्द गरिने भएको छ।
विराटनगरमा सम्पन्न सशस्त्र प्रहरी बल नेपाल र भारतीय एसएसबीबीचको बैठकले यस्तो निर्णय गरेको हो। बैठकमा सीमा सुरक्षा, अवैध आवतजावत, मानव बेचबिखन, नक्कली नोट, हतियार र लागूऔषध नियन्त्रणमा कडाइ गर्ने सहमति भएको छ।
संयुक्त गस्ती, चेकपोइन्ट विस्तार, जोखिमयुक्त नाका निगरानी र सीमा क्षेत्रमा मादक पदार्थ पूर्ण प्रतिबन्धलगायत विषयमा पनि छलफल भएको सशस्त्र प्रहरीले जनाएको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्