आज सातै प्रदेशमा राष्ट्रिय सभा सदस्यको मतदानv

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ ११

काठमाडौँ । राष्ट्रिय सभामा रिक्त हुन लागेका १८ पदका लागि आज माघ ११ गते सातै प्रदेशमा मतदान भइरहेको छ । निर्वाचन आयोगका अनुसार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने व्यवस्था गरिएको छ ।

१८ पदमध्ये कोशी प्रदेशको खस आर्य समूहको एक पदमा नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेका छन् । बाँकी १७ पदका लागि सातै प्रदेशका तोकिएका मतदान केन्द्रमा मतदान भइरहेको छ ।

यस निर्वाचनमा प्रदेशसभा सदस्य, नगरप्रमुख–उपप्रमुख तथा गाउँपालिका अध्यक्ष–उपाध्यक्ष मतदाताका रूपमा सहभागी छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *