|
२०८२ माघ ५
हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता कमल थापाले आगामी प्रतिनिधिसभा निर्वाचनमा आफ्नो गृहजिल्ला मकवानपुर छाड्ने निर्णय गरेका छन्। सात पटक चुनाव लडेर एकपटक मात्र जित हात पारेका थापा यसपटक काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवार बन्ने भएका छन्।
२०४७ सालदेखि २०७९ सम्म मकवानपुरलाई राजनीतिक कर्मभूमि बनाएका थापा अधिकांश निर्वाचनमा पराजित भए पनि उपप्रधानमन्त्रीसहित नौपटक मन्त्री बन्न सफल भएका थिए। पछिल्लो निर्वाचनमा समेत एमालेको समर्थनमा उठ्दा हार बेहोरेपछि उनले क्षेत्र परिवर्तन गरेका हुन्।
राप्रपाले काठमाडौंका निर्वाचन क्षेत्रमध्ये ५ नम्बरबाट थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। लामो समयपछि मकवानपुरबाट अलग हुँदै उनले राजधानी केन्द्रित राजनीति गर्ने तयारी गरेका छन्।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्