एसबीआई बैंक लुटपाट : प्रहरीले १ करोड ८० लाख नगद फेला पार्‍यो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष ३०

काठमाडौँ । सिन्धुली जिल्लाको घ्याङलेख गाउँपालिकामा अवस्थित नेपाल एसबीआई बैंकको शाखाबाट लुटिएको नगद रकममध्ये १ करोड ८० लाख रुपैयाँ प्रहरीले बरामद गरेको छ।

सिन्धुली प्रहरीले दिएको जानकारीअनुसार लुटिएको रकममध्ये ठूलो हिस्सा फेला परेको भए पनि घटनामा संलग्न लुटेराहरूको खोजी कार्य भने अझै जारी छ।

मंगलबार साँझ चारदेखि पाँच जनाको समूहमा आएका लुटेराहरूले बैंकमा कार्यरत सुरक्षागार्डमाथि कुटपिट गर्दै नगद लुटेका थिए। कुटपिटबाट सुरक्षागार्ड रुद्र कार्की घाइते भएका छन्। उनको हातमा चोट लागेको र उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाको अनुसन्धान तीव्र पारेको र दोषीलाई चाँडै नियन्त्रणमा लिने प्रयास भइरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *