शनिबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष २६

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। अमेरिकी डलर १ को खरिद दर १४३ रुपैयाँ ९७ पैसा र बिक्री दर १४४ रुपैयाँ ५७ पैसा तोकिएको छ।

यस्तै, युरो १ को खरिद १६७ रुपैयाँ ६५ पैसा र बिक्री १६८ रुपैयाँ ३५ पैसा, पाउन्ड स्टर्लिङ १ को खरिद १९३ रुपैयाँ ०९ पैसा र बिक्री १९३ रुपैयाँ ९० पैसा रहेको छ।

भारतीय रुपैयाँ १०० को खरिद १६० रुपैयाँ र बिक्री १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ। अन्य विदेशी मुद्राको दर पनि राष्ट्र बैंकले निर्धारण गरेको छ।

राष्ट्र बैंकले आवश्यकता अनुसार यी दर जुनसुकै समयमा परिवर्तन हुन सक्ने जनाएको छ। वाणिज्य बैंकका दर भने फरक हुन सक्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *