|
२०८२ पुष २५
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाले युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तालाई कुनै पनि कार्यक्रमका लागि अमेरिका आमन्त्रण नगरेको जनाएको छ।
संस्थाले आफ्नो नाम प्रयोग गरी अनधिकृत कार्यक्रम आयोजना भइरहेको तथा मानव तस्करीजस्ता गम्भीर गैरकानुनी गतिविधिको सूचना प्राप्त भएको बताएको छ।
एनआरएनए अमेरिकाले आफ्नो नाम, ईएनआई र डिजिटल पहिचानको दुरुपयोगप्रति गम्भीर ध्यानाकर्षण गराउँदै यस्ता गतिविधिमा संलग्न नहुन र आधिकारिक जानकारीका लागि संस्थाका मान्य माध्यमहरूमा मात्र भरोसा गर्न आग्रह गरेको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्