काठमाण्डौ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा नेपालमा कन्डमको आयात उल्लेख्य रूपमा वृद्धि भएको छ। साउनदेखि मंसिरसम्मको अवधिमा करिब ९ करोड ९९ लाख २५ हजार रुपैयाँ बराबरका १ करोड २८ लाख ४५ हजार ८६७ पीस कन्डम आयात भएको छ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पछिल्ला महिनाहरूमा कन्डम आयात निरन्तर बढ्दो क्रममा देखिएको छ। विशेषगरी मंसिर महिनामा मात्र १ करोड ७४ लाख ७९ हजार रुपैयाँ बराबरका १८ लाख ६६ हजार ६७५ पीस कन्डम आयात भएका छन्, जुन अघिल्ला महिनाको तुलनामा उच्च हो।
त्यसैगरी, कात्तिक महिनामा ७१ लाख ३६ हजार रुपैयाँ बराबरका ५ लाख ६५ हजार ९८४ पीस कन्डम आयात भएको थियो। भन्सार विभागका अनुसार २०८२ असोजमा १ करोड ९ लाख ७१ हजार रुपैयाँ बराबरका ११ लाख ६३ हजार ५२ पीस कन्डम नेपाल भित्रिएका थिए।
स्वास्थ्य सचेतना बढ्दै जानु, परिवार नियोजन तथा सुरक्षित यौनसम्बन्धी जागरूकताका कारण कन्डमको माग बढेको हुन सक्ने सरोकारवालाहरूको अनुमान छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्