कांग्रेसको तल्लो तहको अधिवेशन सर्ने संकेत, कार्यतालिका फेरबदलको तयारी

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष ८

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत १६ पुसमा हुने भनिएको वडा अधिवेशन निर्धारित मितिमा नहुने लगभग निश्चित भएको छ। क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणमा ढिलाइ भएपछि महाधिवेशनको सम्पूर्ण कार्यतालिका हेरफेर गर्नेबारे शीर्ष नेतृत्वबीच छलफल भइरहेको छ।

महामन्त्री गगनकुमार थापाले प्रक्रिया नियतवश अवरुद्ध भए विशेष महाधिवेशनको विकल्प खुला रहने बताएका छन्। उनले अधिवेशनबिना पार्टी निर्वाचनमा नजाने स्पष्ट पारेका छन्। अर्कातर्फ, नेताहरूबीच तल्लो तहका अधिवेशनको मिति केही तलमाथि गर्ने, तर अन्तिम महाधिवेशनको लक्ष्य नछाड्ने गरी सहमति खोज्ने प्रयास जारी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *