|
२०८२ पुष ७
काठमाडौँमा आज मिटरब्याज पीडित र भूमिहीनले राजधानीमा मार्च आयोजना गरेका छन्। उनीहरुको मुख्य माग मिटरब्याज, लघुवित्त र वित्तीय शोषण तथा भूमि असमानता अन्त्य गर्नु रहेको छ।
बिहान ११ बजेदेखि बल्खु–त्रिपुरेश्वर–शहीद गेट–शान्तिवाटिका मार्गमा मार्च सुरु भएको छ। शान्तिवाटिकामा कोण सभा आयोजना गरिनेछ।
दिउँसो २ बजे उनीहरुले विभिन्न जनसंगठनको मोर्चा बनाएर प्रधानमन्त्रीसमक्ष मागपत्र बुझाउने योजना बनाएका छन्।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सामाजिक सञ्जालमार्फत आन्दोलनको समर्थन गर्दै भनेका छन्, “यी मुद्दा वर्षौंदेखि संचित रहेकाले अत्यन्तै जायज छन्। सम्बन्धित सबै पक्षले समयमै ध्यान दिनुपर्छ।”



दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्