|
२०८२ पुष ७
काठमाडौं, ७ पुस – जनपक्षीय विद्यार्थी युनियन, नेपालले १८ बुँदे माग पूरा गर्न काठमाडौं उपत्यकामा शैक्षिक हड्ताल घोषणा गरेको छ। प्रमुख मागहरू यसप्रकार छन्:
- विदेशमा रहेका नेपाली विद्यार्थी, श्रमिक र नागरिकलाई मतदानको अधिकार।
- माध्यमिक तहसम्म निःशुल्क शिक्षा लागू।
- सरकारी विद्यालयमा अंग्रेजी र राष्ट्रिय भाषामाध्यमबाट शिक्षा।
- कक्षा १२ सम्म मासिक रु. ५०० भत्ता।
- कलेज तहमा न्यूनतम रु. १० लाख ऋणको व्यवस्था।
- निजी विद्यालय शुल्कमा ५०% कटौती।
- विद्यार्थीलाई निःशुल्क इन्टरनेट।
- विद्यालय आम्दानी र खर्च पारदर्शी।
- व्यवहारिक, सीपमूलक शिक्षा प्रणाली।
- विद्यार्थी राशन कार्डको व्यवस्था।
- शिक्षाको निजीकरण र व्यापारीकरण अन्त्य।
- सबै तहमा प्राविधिक शिक्षा कार्यान्वयन।
- नैतिक, वैज्ञानिक र देशभक्तिपूर्ण शिक्षा नीति।
- निजी विद्यालय शिक्षक/कर्मचारीको न्यूनतम तलब सरकारी बराबर।
- शैक्षिक सामग्रीमा न्यूनतम ५०% भन्सार छुट।
- निर्वाचन मितिसँगै प्रदेश र पालिकामा पनि चुनाव।
- असमान सन्धि खारेज, अतिक्रमित भूमि फिर्ता।
- राष्ट्रिय डेटा संरक्षण नीति निर्माण।
हाल निजी विद्यालयहरूले विद्यालय सञ्चालन वा बन्दबारे औपचारिक निर्णय गरेका छैनन्। प्याब्सन र एनप्याब्सनले सम्बन्धित विद्यालयलाई आफैं निर्णय गर्न भनेका छन्।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्