रवि लामिछाने, चुनाव लड्न पाउने तर सांसदका रूपमा काम गर्न नपाउने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष ५

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा धरौटी बुझाएर थुनामुक्त भएका छन्। जिल्ला अदालत रूपन्देहीमा ३ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक जमानत बुझाएपछि उनी रिहा भएका हुन्।

थुनामुक्त भएसँगै लामिछानेलाई फागुन २१ गते हुने प्रतिनिधिसभा उपनिर्वाचनमा उम्मेदवार बन्न कानुनी अवरोध नरहेको छ। प्रचलित निर्वाचन कानुन अनुसार मुद्दा विचाराधीन अवस्थामा मात्र रहेका व्यक्तिलाई चुनाव लड्न रोक लगाइँदैन।

यद्यपि, लामिछानेमाथि कास्की जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा चलिरहेको हुँदा उनी सांसदको रूपमा काम गर्न र मन्त्री बन्न भने पाउने छैनन्। सम्पत्ति शुद्धीकरण निवारण ऐन अनुसार मुद्दा किनारा नलागेसम्म सम्बन्धित व्यक्ति स्वतः निलम्बनमा पर्ने व्यवस्था छ।

सरकारी वकिलले लामिछानेविरुद्ध सहकारी ठगी र सम्पत्ति शुद्धीकरणमा गरी ३० करोड रुपैयाँभन्दा बढी बिगो दाबी गरेका छन्। यही आधारमा उनी यसअघि पनि सांसद पदबाट निलम्बनमा परेका थिए।

कानुन नबदलिएसम्म वा अदालतबाट राहत नपाएसम्म, लामिछाने चुनाव जिते पनि निलम्बनकै अवस्थामा रहनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *