नेपाली सेनामा ३८८ प्राविधिकजन्य पदका लागि नयाँ भर्ना

DaksuMedia दाक्सु मिडिया
|
मंसिर २६, २०८२

काठमाडौं । नेपाली सेनाले प्राविधिक तथा विविध सेवातर्फका पदहरू भर्नका लागि कुल ३८८ जनाको माग गर्दै नयाँ भर्ना विज्ञापन प्रकाशित गरेको छ।

यस भर्नामा प्राविधिक, हवाई तथा अन्य विविध सेवासम्बन्धी पदिक र बिल्लादार पदहरू समावेश छन्।

नर्सिङ ओभरसियर, भेहिकल मेकानिक, भिडियो ग्राफर, प्रचार–प्रसार, इलेक्ट्रिसियन, डिस्प्याचर, कम्प्युटर सञ्चालन, डेण्टल, ध्वनी सम्पादन, ब्याण्डलगायत विभिन्न प्राविधिक पदहरूमा आवेदन माग गरिएको छ।

कोटाका आधारमा खुला तर्फ २०५ जना, आदिवासी जनजाति कोटामा ५३, मधेशी कोटामा ४४, दलित कोटामा २८, महिला कोटामा ३१, सैनिक सन्तति कोटामा २० तथा पिछडिएको क्षेत्रका लागि ७ जना राखिएको सेनाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *