काठमाडौं रुटको बस दुर्घटना, २२ यात्रु

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २५

काठमाडौं ।  डडेलधुराबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुबाहक बस दाङमा दुर्घटनामा परेपछि २२ जना घाइते भएका छन्।
ना ८ ख ७४५५ नम्बरको उक्त बस आज बिहान करिब ३ बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–१ को कौडिया पुल नजिकैबाट सडकबाट तल खसेको हो।

दुर्घटनापछि घाइते २२ जनालाई तत्काल उद्धार गरी लमही अस्पताल पुर्‍याइएको वडा प्रहरी कार्यालय लमहीका इन्सपेक्टर रोशनराज पाण्डेले बताए। बसमा कुल ३८ जना सवार रहेका थिए।

प्रारम्भिक जानकारी अनुसार बस चालकले पट्टा भाँचिन पुगेपछि सवारी साधन अनियन्त्रित भई दुर्घटना भएको बयान प्रहरीसमक्ष दिएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *