हेटौँडामा भत्किएका घर अगाडि व्यापारीको ‘सेल मेला’

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २२

काठमाण्डौँ । सडक विस्तारका क्रममा घर टहरा भत्काइएपछि घर अगाडि हेटौँडाका व्यापारीहरूले ‘सेल मेला’ सुरु गरेका छन् । भत्काइएको घर तथा पेटीमा व्यापारीहरूले ‘सेल मेला’ चलाएका हुन् ।

सडक छेउमा थुपारिएका इँटा, रड र सिमेन्टका भग्नावशेषकै अगाडि हेटौँडाका व्यापारीहरूले ुसेल मेला’ सञ्चालनमा ल्याएपछि ग्राहकहरूको भिड देखिएको छ ।

भत्काइएका संरचना नहटाई उनीहरुले पुरानै सटर तथा कोठा अगाडि कपडा, जुत्ता तथा मसलाको बिक्री थालेका हुन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने हेटौँडा बजार क्षेत्रमा सडक डिभिजन कार्यालयले २५ गज भित्रका संरचना हटाएपछि धेरै व्यापारीहरूको पसल भत्किएको थियो । तर, व्यवसाय नै धरापमा पर्ने अवस्था आएपछि व्यापारीहरूले भत्किएकै घरको पेटी र खुल्ला आकाशमुनि सामान फिँजाएर सेल मेला सुरु गरेका हुन् ।

सटर भत्किएर पसलको स्वरूप बिग्रिए पनि व्यापारीहरूले त्रिपाल टाँगेर वा खुल्ला रूपमै जाडोका कपडा, जुत्ता र घरायसी सामानहरू बिक्रीमा राखेका हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *