हात्तीको आक्रमण– घरमै सुतिरहेकी महिलाको दुःखद निधन

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर ९

कञ्चनपुर — कञ्चनपुरको भीमदत्त नगरपालिका–१४, बनकट्टी स्याउलेमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको हात्तीले कच्ची घर भत्काउँदै घरभित्र सुतिरहेकी ४५ वर्षीया धना बिष्ट लाई आक्रमण गरेको प्रहरीको भनाइ छ।

मंगलबार बिहान करिब पौने ३ बजे हात्तीले बिष्टको घर भत्काएर कुल्चिँदा उनी गम्भीर घाइते भएकी थिइन्। परिवार र स्थानीयको सहयोगमा तत्काल उद्धार गरी उनलाई महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पताल पुर्‍याइएको थियो। तर, उपचारका क्रममा पौने ५ बजे उनको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ।

निकुञ्ज आसपासका बस्तीजगतमा जंगली हात्तीको आक्रमण वर्षेनी दोहोरो समस्या बनेको छ। प्रहरीले स्थानीयलाई विशेषगरी रातको समयमा जोखिम क्षेत्र नजिक सतर्कता अपनाउन आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *