|
२०८२ कार्तिक १७
काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका–३ मिलनचोकबाट स्रोत नखुलेको २८ लाख ३४० रुपैयाँसहित भारतका हरचित गुप्ता (२७) र सागर गुप्ता (२९) पक्राउ परेका छन्।
उनीहरू सवार यूपी ३१ सीएन ११७५ नम्बरको कारसमेत प्रहरीले बरामद गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार प्रहरी नायब निरीक्षक गजेन्द्रबहादुर चन्दको टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्