नीति तथा कार्यक्रमबारे नेकपा-ऊर्जा हराएको जस्तो नेपाली कम्युनिस्ट पार्टीको प्रतिक्रिया

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख २८

काठमाण्डौँ । नेपाली कम्युनिस्ट पार्टीले सरकारले ल्याएको नीति तथा कार्यक्रममा केही पनि नयाँ नआएको प्रतिक्रिया दिएको छ ।
संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक युवराज दुलालले नयाँ सुन्ने र हेर्ने अपेक्षा अधुरै रहेको बताए ।

उनले नीति तथा कार्यक्रममा केही परम्परागत नै भएको टिप्पणी गरे । उनले भने, ‘ऊर्जा हराएको जस्तो लाग्यो, त्यसैले होला प्रधानमन्त्रीले हलै छाडेर हिड्नुभयो ।’

उनले नीति तथा कार्यक्रम अपेक्षा गरेजस्तो नआएको भन्दै कुनै आशालाग्दो कार्यक्रम नै नआएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *