प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाही जिल्लाका चारवटै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएका पूर्वमन्त्रीसहित १२४ जनाको जमानत जफत भएको छ ।
निर्वाचन ऐनअनुसार कूल सदर मतको कम्तीमा १० प्रतिशत मत प्राप्त गर्न नसक्ने उम्मेदवारको जमानत जफत हुने व्यवस्था छ । मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाका अनुसार ६८ स्वतन्त्रसहित धेरै उम्मेदवारले आवश्यक मत प्राप्त गर्न नसकेपछि उनीहरूको जमानत जफत भएको हो ।
सर्लाही क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका शम्भुलाल श्रेष्ठ बाहेक अन्य २८ उम्मेदवारको जमानत जफत भएको छ । यस क्षेत्रमा जमानत जोगाउन कम्तीमा ७ हजार ३८५ मत आवश्यक थियो । क्षेत्र नम्बर २ मा राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोसहित २९ उम्मेदवारको जमानत जफत भएको छ ।
त्यस्तै क्षेत्र नम्बर ३ मा ३४ उम्मेदवारमध्ये ३२ जनाको जमानत जफत भएको छ भने पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठले १३ हजार ३३८ मत प्राप्त गर्दै जमानत जोगाएका छन् । निर्वाचन आयोगका अनुसार उम्मेदवारी दर्ता गर्दा राखिएको रकम १० प्रतिशतभन्दा कम मत ल्याउने उम्मेदवारको जफत भई राज्यकोषमा जाने कानुनी व्यवस्था रहेको छ । यसपटक निर्वाचित उम्मेदवारले ठूलो मतान्तरले जित्दा जमानत गुमाउने उम्मेदवारको संख्या उल्लेख्य रूपमा बढेको हो ।
दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्