खेलकुदमन्त्री र सञ्चारमन्त्रीले राजीनामा दिने तयारी

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ ५

काठमाण्डौँ । खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिने तयारी गरेका छन् । गुप्ताले सोमबार दिउँसोसम्ममा राजीनामा दिने तयारी गरेको उनका स्वकीय सचिव विनोद रिमालले जानकारी दिए ।

गुप्ताले रास्वपाबाट सिराहामा टिकट पाउने पक्कापक्की भएसँगै राजीनामा दिन लागेको बताइएको छ । गुप्ता रास्वपाको गतिविधिमा लागेको भन्दै यसअघिदेखि नै उनले राजीनामा दिनुपर्ने आवाज उठ्दै आएको थियो ।

आइतबार प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटमा समेत गुप्ताले आफूले राजीनामा दिने बताएका थिए ।

यसैबिच सञ्चारमन्त्री जगदीश खरेलसमेत ललितपुरबाट चुनाव लड्ने अन्तिम तयारीमा पुगेका छन् । प्राविधिक विषयहरू मिलेपछि मन्त्रीको राजीनामा आउने उनका स्वकीय सचिव उद्धव भट्टराईले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *