मतगणना अपडेटः विष्णु रिमाल शीर्ष ३ मा परेनन्

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष ३

काठमाण्डौँ । नेकपा एमालेको जारी मतगणनामा उपमहासचिवतर्फ लेखराज भट्टले सर्वाधिक मत पाएका छन् । उनले ४४० मत पाउँदा योगेश भट्टराईले ४०४ र रघुवीर महासेठले ३९३ मत पाएका छन् ।

एमाले विधानअनुसार उपमहासचिवमा ३ जना निर्वाचित हुने व्यवस्था छ । तर, जारी मतगणनामा उपमहासचिवमा उम्मेदवार विष्णु प्रसाद रिमाल शीर्ष तीनमा अटाउन सकेका छैनन् । उनले ३२५ मत पाएका छन् । यसैगरी आनन्द प्रसाद पोखरेलले २०४ मत पाउँदा वैजनाथ चौधरीले १५१ मत पाएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *