एमालेका महासचिवमा शंकर र सुरेन्द्र भिड्ने लगभग पक्का

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २९

काठमाण्डौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तरगत नयाँ नेतृत्व चयनका लागि मनोनयन दर्ताको प्रक्रिया चलिरहँदा अध्यक्षका प्रतिस्पर्धीहरु प्यानल बनाउन व्यस्त छन् ।

तेस्रो कार्यकालका लागि उम्मेदवारी दिन लागेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्षका उम्मेदवार ईश्वर पोखरेल प्यानल बनाउन लागिपरेका हुन् ।

एमाले स्रोतका अनुसार ओलीको टिमबाट महासचिवमा शंकर पोखरेलले प्रतिस्पर्धा गर्ने लगभग पक्का भएको छ ।

यस्तै पोखरेल प्यानलबाट सुरेन्द्र पाण्डेले उम्मेदवारी दर्ता गराउने तयारी गरेका छन् । सोमबार बिहान पोखरेल समूहले आफ्नो टिमबाट पाण्डेलाई महासचिवको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

पाण्डे हाल उपाध्यक्ष रहेका छन् भने पोखरेल वर्तमान महासचिव हुन् । एमालेको नेतृत्वसहितको नयाँ कमिटी चयनका लागि मंगलबार निर्वाचन गर्ने तयारी छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *