एमालेको ११ औँ महाधिवेशनमा नेपालका १६ दललाई निम्तो, विदेशी पाहुना नबोलाइने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २५

काठमाण्डौँ । नेकपा एमालेले ११ औँ महाधिवेशनमा विदेशी पाहुनाहरूलाई नबोलाउने भएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको महाधिवेशन मूल व्यवस्थापन सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले नेता महेश बर्तौलाले यसबारे जानकारी गराएका हुन् ।

उनकाअनुसार एमालेले भौतिक उपस्थिति हुनका लागि विदेशी राजनीतिक दलहरूलाई आमन्त्रण नगरिएको बरु विभिन्न देशका २६ वटा राजनीतिक दलहरूलाई शुभकामना पत्र पठाउन भनिएको छ । एमालेको ११ औँ महाधिवेशन मङ्सिरको २७ गतेबाट २९ सम्म काठमाडौँमा सुरु हुँदैछ । जसमा नेपालमा रहेका विभिन्न १६ राजनीतिक दलहरूलाई आमन्त्रण गरिएको छ ।

महाधिवेशनमा एमालेले जनपरिचालनलाई विशेष प्राथमिकता दिएको पनि नेता बर्तौलाले बताए । लाखौँको सङ्ख्यामा नेता, कार्यकर्ताहरू महाधिवेशनका लागि काठमाडौँ आउने क्रम जारी रहेको बताए । असंवैधानिक क्रियाकलाप गर्ने, अलोकतान्त्रिक ढङ्गबाट मुलुक लैजान खोज्ने तत्त्वहरूलाई खबरदारी गर्ने सन्देश सम्प्रेषण गर्ने ध्येयका साथ जनपरिचालनमा ध्यान दिइएको नेता बर्तौलाले बताए ।

महाधिवेशनमा १ सय ८ जना मनोनीत सहित २ हजार २ सय ६८ कुल प्रतिनिधि रहने बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *