|
२०८२ आश्विन ३१
काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी २१ फागुनमा तय भएको निर्वाचनमा एमालेले सहभागी नहुने घोषणा गरेका छन्।
पार्टीको केन्द्रीय कमिटी बैठकको समापनका क्रममा शुक्रबार दिउँसो ओलीले निर्वाचनमा नजाने औपचारिक घोषणा गरेका हुन्। बैठक गत बुधबारदेखि जारी थियो।
ओलीको घोषणापछि बैठकमा केहीबेर तनाबपूर्ण अवस्था सिर्जना भएको थियो, जब उपाध्यक्षहरू युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले उक्त निर्णयप्रति आपत्ति जनाउँदै प्रतिवाद गरे। उनीहरूको असहमति पछि बैठकमा हल्का हल्ला-खल्ला समेत भएको बताइएको छ।
पार्टी भित्रैबाट उठेको असहमतिको बीच यस्तो निर्णयको औचित्यबारे प्रश्न उठ्न थालेको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्