|
२०८२ आश्विन २६
काठमाण्डौँ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र जेनजी आन्दोलनका अगुवा सुदन गुरुङविरुद्ध जोहरी दिएको छ ।
जेनजी आन्दोलनमा घुपैठ गरी तोडफोड र आगजनी गरेको भन्दै नेविसंघले जिल्ला प्रहरी परिसर ललितपुर र काठमाडौंमा किटानीजाहेरी दिएको हो । २४ घण्टाभित्र जाहेरी दर्ता गरेर पक्राउ गर्न उनीहरूले माग गरेका छन् ।
प्रहरीले जाहेरीबारे अध्ययन गरेर कानुनी प्रक्रिया अघि बढाउने जनाएको नेविसंघ केन्द्रीय सदस्य मनीषजंग थापाले बताएका छन् ।
यसअघि नेकपा एमालेनिकट भ्रातृ संगठन अखिलले पनि उनीहरूविरुद्ध ७७ वटै जिल्लाबाट जाहेरी दिएको थियो ।

दाक्सु मिडिया




तपाईको प्रतिक्रिया दिनुहोस्