एमालेले दियो सरकारसँग भिड्ने सन्देश

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन २३

काठमाण्डौँ । जेनजी आन्दोलनका कारण सत्ताबाट बढारिएको एमालेले अन्तरिम सरकार र यसका कदमविरुद्ध सडकमा उत्रिने स्पष्ट सन्देश दिएको छ ।

जेनजी आन्दोलन भएको ठीक एक महिना पुगेको दिन ओलीले भक्तपुरको गुण्डुबाट वर्तमान सत्ता नेतृत्व र आन्दोलनपछिको राजनीतिक बाटोप्रति नै गम्भीर प्रश्न मात्र उठाएनन् यसको प्रतिवाद गर्ने घोषणा गरेका हुन् ।

नेपाली सेनाको सुरक्षा घेरमा १० दिन बसेर बाहिरिएपछि पार्टीका नेताहरुसँग आन्तिरक कुराकानी गरिहेका ओलीले बिहीबार मञ्चबाटै आफ्नो विगतकै शैलीमा राजनीतिक कटाक्षयुक्त भाषण गरे । उहाँबाट उनले वर्तमान सरकार, सरकारले बनाएको जाँचबुझ आयोग, संसद् विघटन र आफ्नो पासपोर्ट रोक्का लगायतका विषय अस्वीकार गर्ने घोषणा गरेका छन् ।

भक्तपुरको गुण्डुमा पार्टीले आयोजना गरेको कार्यक्रममा आफ्ना धारणा राख्ने क्रममा ओलीले जेनजी आन्दोलनबारे छानबिन गर्न बनेको आयोगलाई पूर्ण रुपमा अस्वीकारको घोषणा गरेका छन् । यो आयोगमा ओलीलाई मानवताविरुद्धको अपराधमा कारबाही गर्नुपर्ने भन्दै जेनजी आन्दोलनका मृतक परिवारले दिएको जाहेरी प्रहरीले पठाइसकेको छ ।

अहिलेको सरकार निर्वाचन गराउने उद्देश्यले नबनेको दाबी गरेका ओलीले आफूहरू संसद् पुनर्स्थापनाको माग अघि बढाउन फागुन २१ नकुर्ने समेत बताएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *