सदनमा आउने नआउनेबारे प्रधानमन्त्रीसँग संवाद गर्ने सभामुख अर्याल

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख ३०

काठमाण्डौँ । सभामुख डीपी अर्यालले प्रतिनिधिसभाको बैठकमा विपक्षीको मागबमोजिम जवाफ दिन प्रधानमन्त्री बालेन शाह उपस्थित हुने नहुने विषयमा आज छलफल गर्ने बताएका छन् ।

प्रतिनिधिसभाको बुधबारको दोस्रो बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले उठेर अवरोध गरेपछि सभामुखले प्रधानमन्त्रीसँग छलफल तय भएको जानकारी गराएका हुन् ।

उनले भोलिको बैठकको विषयमा प्रधानमन्त्रीसँग संवाद गरेर कार्यव्यवस्था समितिको बैठकमा छलफल गर्ने बताए । तर कांग्रेस सांसदले अवरोध जारी राखे ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *