काठमाण्डौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु ले संघीय संसदमा रहेको समावेशी र समानुपातिक प्रतिनिधित्वलाई आफ्नो पार्टीको निर्वाचन परिणामभन्दा पनि ठुलो उपलब्धि भएको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले अहिलेको संसदको स्वरूप क्रान्ति, बलिदान र लामो संघर्षको जगमा प्राप्त भएको उल्लेख गर्दै यसलाई ‘रगतले लेखिएको कथा’ को संज्ञा दिए ।
सम्बोधनका क्रममा उनले भने, “परिणामका दृष्टिले सानो(ठूलो जे सुकै भए पनि यो प्रतिनिधि सभामा महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम, थारु र उत्पीडित समुदायको इन्द्रधनुषी प्रतिनिधित्व हुनु मेरो पार्टीको विजयभन्दा महत्त्वपूर्ण छ।”
प्रचण्डले संसदको रूपान्तरणलाई तथ्यांकसहित तुलना गर्दै समावेशी प्रतिनिधित्वमा ठुलो उपलब्धि हासिल भएको दाबी गरे ।
आफूलाई यो समावेशी प्रतिनिधित्वप्रति गर्व रहेको बताउँदै प्रचण्डले भने, “यो सम्मानित संसदमा जसको प्रवेश भए पनि म आफैँ प्रवेश गरेजस्तो लाग्छ। सामन्तवादविरुद्ध हामीले उठाएको बन्दुकले ढोका नखोलेको भए उत्पीडित समुदायका प्रतिनिधिहरू कहाँबाट यहाँ प्रवेश गरेर मन्त्री बन्थे ?”
पार्टी जुनसुकै भए पनि समावेशी प्रतिनिधित्वमा आफ्नो रगत र पसिना बगेको भन्दै उनले क्रान्तिको मशाल आफैँले बालेको दाबी गरे।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्