काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद हर्कराज राई (हर्क साम्पाङ) ले प्रतिनिधिसभा बैठक तोकिएको समयभन्दा ढिला सुरु भएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । बिहीबारको पहिलो संसद् बैठकमा बोल्दै उनले समयको पालना नगर्ने प्रवृत्तिले नै देश पछाडि परेको भन्दै देश बनाउनुअघि सांसदहरूले आफूले आफैँलाई परिवर्तन गर्नुपर्नेमा जोड दिए ।
बैठक ढिला भएको प्रसङ्ग उठाउँदै सांसद राईले जनताले जनप्रतिनिधिलाई काममा ढिलासुस्ती गर्न नपठाएको स्मरण गराए ।
देश विकासको सुरुवात समयको कदर र अनुशासनबाटै हुनुपर्ने भन्दै उनले संसदको आगामी बैठकहरूमा समयमै उपस्थित हुन सबैको ध्यानाकर्षण गराए । उनले सभामुखमार्फत माग राख्दै भने, ‘आउँदा दिनमा बैठक सुरु हुनुभन्दा ५ मिनेटअघि नै सबै उपस्थित हुनुपर्छ । म यो माग राख्न चाहन्छु ।
सांसद राईले देशको सर्वोच्च कानुन बनाउने थलो संसदमै पनि विभेद कायम रहेको बताए ।
दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्