|
२०८२ फाल्गुन २३
काठमाण्डौँ । ढिला गरी मतगणना सुरु भएको गोरखा क्षेत्र नम्बर १ मा रास्वपाका सुदन गुरुङले प्रारम्भिक अग्रता लिएका छन् ।
उनले ७ सय १७ सय मतका साथ अग्रता लिँदा उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका प्रेमकुमार खत्रीले ३ सय ३५ मत पाएका छन् । त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका हरिराज अधिकारीले ३ सय ३४ मत ल्याएका छन् ।
यसअघि उत्तरी गोरखास्थित मतदान केन्द्रका मतपेटिका नआइपुग्दा गणना प्रक्रिया अघि बढेको थिएन । मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार अहिले सबै मतपेटिका संकलन भएसँगै गणना सुरु भएको हो ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्