काठमाण्डौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले आगामी निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट आफू विजयी हुनेमा अत्यन्तै विश्वस्त रहेको बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मिश्रले यसपटक आफू एकसय प्रतिशत मात्र होइन, दुईसय प्रतिशत नै विश्वस्त रहेको दाबी गरे । उनले विगतमा विभिन्न पार्टीलाई मतदान गर्दै आएका मतदाताहरूबाट समेत व्यापक माया, स्नेह र समर्थन प्राप्त भइरहेको बताए ।
मिश्रले आफू विजयी भएर संसदमा पुगेपछि पार्टीले अघि सारेका एजेण्डाअनुसार देशलाई अगाडि बढाउन नसकिए देशको हित नहुने स्पष्ट पारे। यसैबीच उनले आगामी फागुन २१ मा तोकिएको निर्वाचन केही समय पर सार्नुपर्ने धारणा पनि राखेका छन् । निर्वाचनअघि देश नयाँ समझदारीमा जान आवश्यक रहेको उल्लेख गर्दै उनले शान्तिपूर्ण संक्रमण सर्वपक्षीय सहमतिबाट मात्र सम्भव हुने बताए ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्