|
२०८२ माघ ७
काठमाण्डौँ । आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि स्थानीय तहका १४ जना बहालवाला जनप्रतिनिधिले पद छाडेर उम्मेदवारी दिएका छन् ।
तीमध्ये सबैभन्दा बढी नगर प्रमुख (७ जना) छन् भने गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षहरू पनि समेटिएका छन् । महिला उम्मेदवार मात्र २ जना छन् ।
बालेन्द्र शाह, हर्क साम्पाङ र रेणु दाहालजस्ता चर्चित स्थानीय नेताहरू केन्द्रको राजनीतिमा उत्रिँदा कार्यकाल नसकिँदै पद त्याग्नु अवसरवाद हो कि राजनीतिक पदोन्नति ? भन्ने बहस चर्किएको छ ।
स्थानीय तह विज्ञ कृष्णप्रसाद सापकोटाका अनुसार कानुनी कमजोरी, व्यक्तिगत महत्वाकांक्षा र दलको रणनीतिले स्थानीय सरकारलाई ‘भर्याङ’ बनाइएको हो । यसले संघीयताको मर्ममा असर पार्ने भन्दै कार्यकाल पूरा नगरेर अर्को चुनाव लड्न नपाउने कानुनी व्यवस्था आवश्यक रहेको उनको सुझाव छ ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्