बाढीमा प्रभावित बनेका परिवारलाई राहत संकलन

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र १२

काठमाडौँ। बाढीपीडितको सहयोगका लागि काठमाडौँको माइतीघरमा सर्वसाधारणले आफ्नै खर्चमा राहत सामग्री संकलन तथा व्यवस्थापन गरेका छन्।

विपद्को समयमा पीडितलाई सहयोग गर्ने उद्देश्यले नागरिक स्तरबाटै यो पहल थालिएको हो। बाढीका कारण प्रभावित बनेका नुवाकोटका परिवारलाई तत्काल आवश्यक पर्ने खाद्यान्न, लत्ताकपडा तथा अन्य दैनिक उपभोग्य सामग्री उपलब्ध गराउने उद्देश्यले माइतीघरमा राहत संकलन गरिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *