काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार अमेरिकी डलरको खरिददर १५२ रुपैयाँ २४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ८४ पैसा कायम गरिएको छ।
यस्तै, एक युरोको खरिददर १७५ रुपैयाँ ६२ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३२ पैसा निर्धारण गरिएको छ। बेलायती पाउन्ड स्ट्रलिङको खरिददर २०५ रुपैयाँ ७६ पैसा तथा बिक्रीदर २०६ रुपैयाँ ५७ पैसा रहेको छ। स्विस फ्र्याङ्कको खरिददर १८७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १८८ रुपैयाँ ११ पैसा तोकिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ५५ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९७ पैसा छ। क्यानेडियन डलरको खरिददर १०९ रुपैयाँ २५ पैसा तथा बिक्रीदर १०९ रुपैयाँ ६८ पैसा कायम हुँदा सिङ्गापुर डलरको खरिददर ११८ रुपैयाँ ९६ पैसा र बिक्रीदर ११९ रुपैयाँ ४२ पैसा रहेको छ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ ५६ पैसा र बिक्रीदर ९ रुपैयाँ ६० पैसा तोकिएको छ। चिनियाँ युआनको खरिददर २२ रुपैयाँ ५८ पैसा र बिक्रीदर २२ रुपैयाँ ६७ पैसा रहेको छ। त्यस्तै, साउदी रियालको खरिददर ४० रुपैयाँ ५५ पैसा तथा बिक्रीदर ४० रुपैयाँ ७१ पैसा र कतारी रियालको खरिददर ४१ रुपैयाँ ७६ पैसा तथा बिक्रीदर ४१ रुपैयाँ ९२ पैसा कायम गरिएको छ।
थाइ भाट एकको खरिददर ४ रुपैयाँ ६० पैसा र बिक्रीदर ४ रुपैयाँ ६२ पैसा, यूएई दिरामको खरिददर ४१ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६२ पैसा तथा मलेसियन रिङ्गेटको खरिददर ३७ रुपैयाँ २६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४१ पैसा रहेको छ।
दक्षिण कोरियन वन १०० को खरिददर १० रुपैयाँ ७५ पैसा र बिक्रीदर १० रुपैयाँ ८० पैसा तोकिएको छ। स्विडिस क्रोनरको खरिददर १५ रुपैयाँ ९६ पैसा र बिक्रीदर १६ रुपैयाँ ०२ पैसा तथा डेनिस क्रोनरको खरिददर २३ रुपैयाँ ४९ पैसा र बिक्रीदर २३ रुपैयाँ ५९ पैसा कायम गरिएको छ।
राष्ट्र बैंकका अनुसार हङकङ डलरको खरिददर १९ रुपैयाँ ४० पैसा र बिक्रीदर १९ रुपैयाँ ४८ पैसा रहेको छ। कुवेती दिनारको खरिददर ४९५ रुपैयाँ ४९ पैसा तथा बिक्रीदर ४९७ रुपैयाँ ४५ पैसा छ। बहराइन दिनारको खरिददर ४०३ रुपैयाँ ७९ पैसा र बिक्रीदर ४०५ रुपैयाँ ३८ पैसा तथा ओमनी रियालको खरिददर ३९५ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३९६ रुपैयाँ ९७ पैसा तोकिएको छ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।
नेपाल राष्ट्र बैंकले आवश्यकता अनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदर भने फरक हुन सक्ने जनाउँदै केन्द्रीय बैंकले अद्यावधिक दर आफ्नो वेबसाइटमा उपलब्ध हुने जनाएको छ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्