|
२०८३ श्रावण २७
ओखलढुङ्गा — नौ वर्षदेखि जीर्ण बनेको रमाइलोडाँडा–रुम्जाटार सडकखण्ड पुनः कालोपत्र हुने भएको छ। कोशी प्रदेशअन्तर्गतको पूर्वाधार विकास कार्यालयले रमाइलोडाँडादेखि सानीटारसम्मको ६.५ किलोमिटर सडक स्तरोन्नतिका लागि बोलपत्र आह्वान गरेको छ।
करिब ३० करोड रुपैयाँ लागतमा अस्फाल्ट प्रविधिबाट सडक कालोपत्र गर्ने तयारी गरिएको छ। सडकसँगै नाली, कल्भर्ट तथा आवश्यक पर्खाल निर्माणसमेत गरिने कार्यालयले जनाएको छ।
यसअघि २०७४ सालमा कालोपत्र गरिएको सडक केही समयमै बिग्रिएपछि स्थानीयले लामो समयदेखि सास्ती खेप्दै आएका थिए। नयाँ आयोजना अघि बढेसँगै स्थानीयवासीले सहज यातायातको अपेक्षा गरेका छन्।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्