|
२०८३ जेष्ठ २२
काठमाडौँ, जेठ २२ — लेबनानस्थित सशस्त्र समूह हेज्बुल्लाहले इजरायल–लेबनानबीच प्रस्तावित युद्धविराम सम्झौताप्रति आपत्ति जनाएको छ। समूहका नेता नाइम कासेमले उक्त सम्झौताले लेबनानको हित नसमेटेको भन्दै अस्वीकार गरेका हुन्।
उनका अनुसार सम्झौताअनुसार हेज्बुल्लाहले आक्रमण रोक्न र दक्षिणी सीमावर्ती क्षेत्रबाट आफ्ना लडाकु हटाउनुपर्ने प्रावधान रहेको छ, जसलाई उनले स्वीकार गर्न नसकिने बताएका छन्। उनले धेरै लेबनानी नागरिकले पनि यस प्रस्तावलाई समर्थन नगर्ने दाबी गरेका छन्।
यसअघि अमेरिकाको पहलमा इजरायल र लेबनानबीच युद्धविराम लागू गर्ने सहमति भएको जानकारी सार्वजनिक गरिएको थियो।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्