|
२०८३ जेष्ठ १९
काठमाडौं, जेठ १९ — वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहलाई प्रहरीले पर्साको ठोरीबाट पक्राउ गरेको छ।
मधेश प्रदेश प्रहरी कार्यालयका डीआईजी गोविन्द थपलियाका अनुसार पर्सा जिल्ला अदालतले लिखत किर्तेसम्बन्धी मुद्दामा जारी गरेको पक्राउ पुर्जीका आधारमा सिंहलाई नियन्त्रणमा लिइएको हो।
उनीविरुद्ध जेठ ८ गते अदालतबाट पक्राउ अनुमति जारी भएको थियो। स्थानीय लियाकत अलीको जाहेरीपछि सिंहसहित चार जनाविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्