तेलंगानामा लुको कहर : १६ जनाको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
जेष्ठ १०, २०८३

भारतको तेलंगानामा प्रचण्ड गर्मीका कारण १६ जनाको ज्यान गएको छ । लु लागेर विभिन्न जिल्लामा मृत्यु भएको राज्य सरकारले जनाएको छ ।

राजस्व मन्त्री पोंगुलेटी श्रीनिवास रेड्डीका अनुसार सबैभन्दा बढी जयशंकर भूपालपल्ली जिल्लामा ४ जनाको मृत्यु भएको हो । वारंगल अर्बन, करिमनगर र निजामाबादमा ३/३ जनाले ज्यान गुमाएका छन् ।

यस्तै जोगुलाम्बा गडवाल, रंगा रेड्डी र सूर्यापेटमा १/१ जनाको मृत्यु भएको बताइएको छ ।

सरकारले मृतकका परिवारलाई जनही ४ लाख भारतीय रुपैयाँ राहत दिने घोषणा गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *