सुकुमबासी बस्ती हटाइएपछि अहिले कवाडी सङ्कलन गर्नेहरूको चहलपहल

DaksuMedia दाक्सु मिडिया
|
बैशाख २४, २०८३

काठमाडौँ । सरकारले सुकुमबासी बस्ती भत्काएपछि त्यसको भग्नावशेष अहिले कवाडी व्यवसायीका लागि आम्दानीको स्रोत बनेको छ ।

गत शनिबार टेकुस्थित वंशीघाट क्षेत्रमा रहेको सुकुमबासी बस्ती हटाइएपछि अहिले त्यहाँ कवाडी सङ्कलन गर्नेहरूको चहलपहल बढेको छ।

भत्काइएका टहरा, जस्तापाता, फलाम तथा विभिन्न धातुजन्य सामग्री सङ्कलन गर्न बिहानैदेखि कवाडी व्यवसायी पुग्ने गरेका छन् ।

डोजरले भत्काएका घरका अवशेषबाट प्रयोगयोग्य सामग्री छुट्याउँदै उनीहरू फलाम, टिन र अन्य कवाडी सामग्री बोकेर लैजाने दृश्य अहिले वंशीघाट क्षेत्रमा सामान्य बनेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *