|
२०८३ बैशाख २३
काठमाण्डौँ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१२ स्थित बेलासपुरमा दुई समूहको बिचमा झगडा हुँदा एक जनाको मृत्यु भएको छ।
व्रतबन्ध कार्यक्रममा युवकहरूको बिचमा झगडा हुँदा एक जनाको मृत्यु भएको हो । बियरको बोत्तल प्रहारबाट एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। मृत्यु हुनेमा खजुरा गाउँपालिका–६ बस्ने २२ वर्षीय विशाल चन्द ठकुरी छन् ।
झगडामा जुम्लाको चन्दननाथ नगरपालिका–४ घर भएर बेलासपुर बस्ने २० वर्षीय योगेन्द्र सुनार घाइते भएका छन् ।
कुटपिटमा संलग्न आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको लम्किचुहा नगरपालिका–१ भुरुवा बस्ने १९ वर्षीय दिपेन्द्रराज गिरी, १८ वर्षीय सुशील खत्री, २० वर्षीय खकेन्द्र देवकोटा र २० वर्षीय बिबियस कुँवर छन् ।
घटनाबारे जिल्ला प्रहरी कार्यालय बाँकेले अनुसन्धान गरिरहेको छ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्