संस्कृत भाषामा शपथ लिँदै राप्रपा सांसद खुश्बु ओली

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र १०

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्बु ओलीले संस्कृत भाषामा पद तथा गोपनीयताको शपथ लिने भएकी छन् । संघीय संसद् सचिवालयले तय गरेको कार्यतालिका अनुसार समानुपातिक सांसद ओलीले शपथको भाषा संस्कृत रोजेकी हुन् ।

यससँगै उनीसहित विभिन्न दलका करिब दुई दर्जन सांसदहरूले आफ्नो मातृभाषा वा रुचि अनुसारका भाषामा शपथ लिने विवरण बुझाएका छन् ।

संसद् सचिवालयले नेपाली बाहेक अन्य भाषामा शपथ लिन चाहने सांसदहरूका लागि सोमबारसम्म नाम दर्ता गराउने समयसीमा तोकेको थियो। यस पटकको शपथ ग्रहणमा नेपाल भाषा (नेवारी), मैथिली, डोटेली, थारु, तामाङ र बान्तावा लगायतका भाषाहरू प्रयोग हुने छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *