तारेभिरमा लागेको आगो हेलिकप्टरको मद्दतले नियन्त्रणमा लिइयो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन १०

काठमाण्डौँ । काठमाडौंको तारेभिर जंगलमा लागेको आगो सिम्रिक एयरको हेलिकप्टरको मद्दतमा नियन्त्रणमा लिइएको छ।

गोकर्णेश्वर नगरपालिका ३ सुन्ताखान बालुवास्थित शिवपुरी राष्ट्रिय निकुञ्जको तारेभिर जंगलमा बिहान पौने १० बजेदेखि आगलागी सुरू भएको थियो ।

आगो नियन्त्रणमा लिन गृह मन्त्रालयको निर्देशन र काठमाडौं जिल्ला प्रशासन कार्यालयले समन्वयमा सिम्रिक एयरको हेलिकप्टरको मद्दत लिइएको थियो ।

एयरले संस्थागत सामाजिक उत्तरदायित्व ९सिएसआर० अन्तर्गत हेलिकप्टरको मद्दतले आगलागी नियन्त्रणमा लिइएको थियो ।

हेलिकप्टरबाट १३ पटक पानी ओसारेर नियन्त्रणमा लिइएको गृह मन्त्रालयकी सहसचिव तथा सूचना अधिकारी रमा आचार्यले जानकारी दिइन् ।
यसरी बस्तीतिर आगो फैलिनबाट रोकिएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *