जनता समाजवादी पार्टीका यादव एमालेमा समाहित, बासुदेव घिमिरेलाई समर्थन

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन ४

रुपन्देही, फागुन ४ — प्रतिनिधि सभा निर्वाचनअन्तर्गत रुपन्देही क्षेत्र नम्बर ३ मा जनता समाजवादी पार्टी (जसपा नेपालका उम्मेदवार श्रीनिवास यादव ले आफ्नो उम्मेदवारी फिर्ता लिँदै नेकपा एमालेमा प्रवेश गरेका छन्।

यादवले प्रेस विज्ञप्तिमार्फत पार्टीको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारी परित्याग गरी, वर्तमान राजनीतिक स्थायित्व र मुलुकको निकासका लागि एमालेलाई प्रमुख शक्ति मान्ने आफ्नो विश्वास व्यक्त गरेका छन्।

उहाँले मतदातालाई नेकपा एमालेको चुनाव चिन्ह ‘सूर्य’मा मतदान गर्न आह्वान गर्दै, रुपन्देही–३ का उम्मेदवार बासुदेव घिमिरे लाई बहुमतका साथ विजयी गराउन अपिल पनि गरेका छन्।

सोमबार नेकपा एमालेका नेता एवं कार्यकर्ताहरूले यादवलाई स्वागत गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *